रियल जीवन जस्तै संयोग मिलेको पलको यो भिडियो


अभिनेता पल शाह यतिबेला तनहु प्रहरीको हिरासतमा रहेका छन्। एक नाबालिक गायिकाले बलात्कारको आरोप लगाएपछी उनि प्रहरीको नियन्त्रणमा रहेका छन्। प्रहरी चौकीमा आफै आत्मासमर्पण गर्न पुगेका पललाई तनहु अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसैबीचमा हलमा उनि अभिनित चलचित्र ‘ म यस्तो गीत गाउँछु २’ रिलिज भैरहेको छ। दर्शकको उलेख्य साथ पाएको चलचित्रमा समावेश एक गीत सार्वजनिक भएको छ।अन्जु पन्तको स्वरमा रहेको ‘पिडा भएनी खुशी भएनी’ बोलको गीत आज सार्वजनिक भएको छ।

यो गीतको धेरै पाटो उनको रियल लाईफसंग मिलेको छ। चलचित्रमा पनि उनि एक स्टार गायकको भूमिकामा प्रस्तुत भएका छन्। अनेक उतारचढावका बीच उनि प्रहरीको नियन्त्रणमा हुन्छन्। रियल लाइफमा जस्तै चलचित्रको गीतको भिडियोमा पनि उनि आफै प्रहरीसमक्ष पुगेको दृश्य देखाइएको छ। यो त्यहि दृश्य हो जसले पलका हजारौ फ्यानलाई हलमा रुवाएको थियो।

प्रतिक्रिया दिनुहोस्