कुमारको आवाजमा ‘भगवान कसम’, धुर्मुस – सुन्तलीको अभिनय


कुमार कट्टेल ‘जिग्री’ को आवाजमा ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन्। सिताराम कट्टेल र कुन्जना घिमिरेको १५ औं वैवाहिक वर्षगाँठको अवसरमा कुमारले नयाँ गीत निकालेका हुन्।

सिताराम र कुञ्जनाको अभिनय रहेको गीतको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका छन्। दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको शब्द रहेको छ भने कुमारलाई अनु चौधरीले गायनमा साथ दिएकी छिन्। जनकपुरमा गीतको भिडियो छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्