पल र दीपिकाको ‘मायावी’ सुटिङ्ग सकियो, रिलिज कहिले?


अभिनेता पल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘मायावी’ को सुटिङ्ग सम्पन्न भएको छ । कमब्याक चलचित्रको रुपमा पलले यो चलचित्रलाई रोजेका थिए। दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिपिका प्रसाई, प्रशान्त ताम्रकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला, राजाराम पौडेल, लक्ष्मी गिरि लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको मुस्ताङ र पोखरामा ६० दिनको सुटिङ्ग पश्चात प्याकअप भएको हो । फर्स्ट लुक पोस्टर र प्रदर्शन मिति चाडै घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ। चन्द्र पन्त र राज कटुवालले निर्माण गरेको चलचित्रले पल शाहको करियारमा ठुलो अर्थ राख्नेछ । कमव्याक चलचित्र हिट हुनुपर्ने दवावमा उनले काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्