क्राइम-थ्रीलर चलचित्र ‘११ः५५’ मा सृष्टि र महेश


अभिनेत्री सृष्टि श्रेष्ठले लामो समयपछि नयाँ चलचित्रमा काम गर्ने भएकी छिन्। व्यक्तिगत जीवनको उतारचढाव भोगेकी श्रेष्ठ ‘११:५५’ चलचित्रमार्फत फेरी दर्शकमाझ आउन लागेकी हुन्। क्राइम-थ्रीलर जनरामा बन्न लागेको चलचित्रको बिहिबार औपचारिक रुपमा घोषणा गरिएको हो। महेश त्रिपाठीसंग चलचित्रमा उनको जोडी बाँधिएको छ। सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजको अभिनय चलचित्रमा देख्न सकिनेछ।

केशव पाण्डेको निर्देशनमा तयार हुने चलचित्रको शनिबारबाट सुटिङ्ग प्रारम्भ हुनेछ । प्रद्युम्न मिश्रको छायांकन रहने चलचित्रमा निर्माताको रुपमा श्याम शर्मा र सरोजा शर्मा छन् भने जुनानाथ सापकोटा सह-निर्मातामा छन् । ६ पात्रको वरिपरि कथा घुमेको चलचित्रमा निर्देशक पाण्डे, अभिनेता अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको छ ।

विचित्र फिल्म्सले गुड जब आर्ट्ससँग सहकार्य गरेर चलचित्रको निर्माण हुदैछ। विभिन्न विशेषता बोकेका पात्रहरुले निम्त्याउने स-साना घटनाक्रमले सिर्जना गर्ने परिस्थितिमा केन्द्रित भएर चलचित्र निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्