आर्यन र प्रदिपपछि दिनेशको ‘पुजार सार्की’ मा पल शाह जोडिए


निर्देशक दिनेश राउतको नयाँ चलचित्र ‘पुजार सार्की’ यतिबेला चर्चामा रहेको छ। बिशेष गरि चलचित्रका कलाकारलाई लिएर यसको चर्चा चुलिदै आएको छ। प्रदिप खड्का र आर्यन सिग्देलले पहिलोपटक यो चलचित्रमा सहकार्य गर्ने केहि दिन अगाडी पक्का भएको थियो। दुई पुस्ताका लभस्टोरी चलचित्रका माहिर अभिनेताको टिमअप नेपाली चलचित्रका लागी नयाँ मोड बन्ने पक्का थियो। यहि बिचमा चलचित्रमा अर्का नायकको प्रवेश भएको छ।

गज्जबको फ्यान फलोअर्स बटुल्न सफल अभिनेता पल शाह यो चलचित्रमा अनुबन्ध भएका हुन्। पलले भर्खरै ‘मायावी’ चलचित्रको सुटिङ्ग सम्पन्न गरेका छन्। एभरेष्ट सुर्य बोहोराको अवतारमा उनले काम गर्ने चर्चा रहेको छ। यो बिचमा पलले दिनेशको चलचित्र साइन गरेका हुन्। माघ महिनाको पहिलो हप्ताबाट चलचित्रको सुटिङ्ग हुदैछ। सुबास भुषालले चलचित्रको निर्माण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्