निर्देशक थापाको आक्रोश: ‘रजतपटमा किन्न नमान्दा खेदो खनियो’


कोरोना कहरपछी थालिएको नेपाली चलचित्रका दर्शकलाई हलसम्म फर्काउन चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले महत्वपूर्ण भूमिका खेल्यो ।
मल्टिप्लेक्सका हलमा चलचित्र ‘कठपुतली’ ले दर्शको रुची चलचित्र प्रति फर्केए पनि सिंगल थिएटर र आम भिड फर्काउनका लागी सुदर्शन थापा निर्देशित चलचित्रले महत्वपूर्ण भूमिका खेलेको छ। चलचित्रको गीतसंगीत, खिचाई दर्शकले रुचाएका छन् भने पूजा र पलको जोडीलाई दर्शकले अत्याधिक प्रेम दिएका छन्। लामो पर्खाईपछी रिलिज भएको चलचित्रको टिमका लागी व्यापार र दर्शकको साथ सुखद रह्यो भने चलचित्रका मुख्य अभिनेताको चलिरहेको विवाद भने दुखद रह्यो।

दर्शकको राम्रो साथ पाएको चलचित्र समीक्षात्मक हिसाबले भने औसत रह्यो।
यहि बीचमा एक चर्चित टेलिभिजन कार्यक्रममा बजेको आफ्नो चलचित्रको बिषयलाई लिएर चलचित्रका निर्मातासमेत रहेका निर्देशक थापाले आफ्नो समाजिक संजालमा आक्रोश पोखेका छन्। उनले उक्त कार्यक्रमलाई किन्न नमान्दा यस्तो रिपोर्ट बजेको उल्लेख गरेका छन्।
उनले आफ्नो चलचित्रमय बनाउन एक एपिसोड किनिदिन गरेको आग्रह र अर्को नायिकाको अन्तर्वार्ता दिन गरिएको आग्रह दुवै अस्विकार गरेका कारण यस्तो नतिजा आएको बताएका छन्।

यस्तो छ उनले लेखेको स्टाटस:

रजतपट एपिसोड किन्न नमानेको नतिजा:
नाम चलचित्र को काम कलाकार को व्यक्तिगत जिन्दगी काहा गयो??को सङ्ग सेल्फी खिच्यो??को सङ्ग टिक्टक बनायो?? कलाकार को चियो चर्चो र ब्यङ्ग गरेर आफ्नो मात्र रोटी सेकी रहेको कार्यक्रम हो रजतपट्, यो कार्यक्रम ले कति कलाकार हरुलाइ ट्रोल गरिसक्यो, कति को चरित्र हत्या गरिसक्यो बिगतमा धेरै उदाहरण छन्, भो त्यतातिर नजाउ म प्रसङ्गमा नै आउन चाहे, केही समय अगाडी कार्यक्रम रजतपट ले एउटा एपिसोड “म यस्तो गीत गाउछु 2” विशेष बनाउ भन्दै एउटा एपिसोड किनिदिन आग्रह गरेको थियो सो आग्रहलाइ निर्माण कम्पनी ले नमाने पछि अर्को प्रस्ताब आएको थियो । प्रस्ताब यस्तो थियो नायिका पुजा शर्माले उहाको कार्यक्रम मा अन्तर्वार्ता दिने उक्त्त अन्तरवार्ता दिए वापत रजत पट ले चलचित्र “म यस्तो गीत गाउछु 2” को प्रचारमा सहयोग गर्ने सो प्रस्ताव पनि निर्माण कमपनि ले स्वीकार गर्न सकेन किनकि ग्ल्यामर गफ नाम गरेको त्यो कार्यक्रम पनि धर्मसन्कट भन्दै कलाकारहरुको बोली चिप्ल्याउने र बिबाद मा ल्याएर आफ्नो दुनो सोझ्याउने बाहेक केही होइन, यस्ता प्रायोजित कार्यक्रम हरुले झन दर्शक र कलाकारको बिचमा फाटो ल्याइरहेको छ त्यसैले त्यो कार्यक्रम पनि अश्विकार गरियो फलश्वरुप “म यस्तो गीत गाउछु 2” लाइ सकाउन हात धोएर मात्र होइन नुहाइ धुवाइ साबुन सेम्पु सेनिटाइजर के के गरेर हुन्छ नियोजित षडयन्त्रमा उत्रीएको पुस्टी रजतपट आफैले पनि गरेको छ ।
अरुलाइ सिध्याउछु भनेर षड्यन्त्र गर्ने हरुले एउटा गल्ती चाही छोडेकै हुन्छ्, उहाले चलचित्र “म यस्तो गीत गाउछु 2” फिल्म हेर्नु भएँकै छैन, तर षड्यन्त्र पुर्वक समिक्षा गर्दिनु भएको छ्, लाखौ दर्शक ले मन पराएका छन त्यहीं दर्शक लाइ गाली गर्नु भएको छ । यदि हेर्नु भएको थियो भबे वहाले चलचित्र “म यस्तो गीत गाउछु 2” को अत्यन्त महत्वापूर्ण व्यक्ति छायाकार को नाम र फोटो समेत गलत प्रयोग गर्नु भएको छ । उहाले चलचित्र को मूख्य प्राबिधिक जो पछिल्लो समयका चर्चित छायाकार हुन उनको नाम र फोटो समेत अर्को छायाकार को हालिदिन्छन भने लाखौ दर्शकले मन पराएको चलचित्र माथि पुर्वयोजना र षड्यन्त्र अनुसार टिप्पणी गरिनु गम्भीर भुल हो । यसले नेपाली चलचित्र को मात्र अपमान गरेकोे छैन लाखौ दर्शक हरुको भावनामाथि खेलबाड गरेकोे छ ।
यी र यस्ता षड्यन्त्र मूलक कार्यक्रम निर्माण गरी ब्ल्याकमेलिङ्ग शैली मा पैसा नदिने तथा उनको डलरको खेतीको लागी अन्तर्वार्ता नदिने कलाकार र चलचित्रलाइ नै सिध्याउने प्रयत्न गर्ने सङ्ग अब हामी सबै सजग हुन जरुरी छ ।
“म यस्तो गीत गाउछु 2” लाइ दिनु भएको माया प्रति हामी सम्पूर्ण दर्शक प्रति आभारी छौ । त्यस कार्यक्रमले भगवान रुपी दर्शक हरुको अपमान गरी दर्शक लाइ भेडा संज्ञा दिने प्रयास भएकोले यी कुरा हरु सार्वजनिक गर्नु आबश्यक लागयो । भनिन्छ कुकुर भुक्तै जान्छ हाती लम्किदै जान्छ । तर कुकुर कुन स्वस्थ छ की छैन यत्ति चाही हात्तीले पनि ख्याल गर्नु पर्छ ।
जय नेपाल ! जय नेपाली चलचित्र ! जय दर्शक !

प्रतिक्रिया दिनुहोस्