एकपछि अर्को चलचित्र साइन गर्दै पल शाह, मायाका रंगहरुमा अनुबन्धित


अभिनेता पल शाह पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त भैरहेका छन्। ‘मायावी’ मार्फत कमव्याक गरेका पल एकपछि अर्को चलचित्रको टिमसंग सम्झौता गरिरहेका छन्। दिनेश राउतको ‘पुजार सार्की’ र एभरेस्ट सुर्य बोहोराको ‘अवतार’ मा पल शाह अनुबन्धित भैसकेका छन्।

यहि बीचमा पलले नयाँ चलचित्रमा सम्झौता गरेका छन्। उनले ‘मायाका रंगहरु’ चलचित्र साइन गरेका छन्। मायाका रंगहरु कलर्स अफ लभमा उनी मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। यो इन्डो/नेपाली चलचित्रको छायांकन पुजार सार्की पछि गर्ने तयारी निर्माण टिमले गरेको छ। भारतको सिक्किमबाट छायांकन सुरुवात हुने चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । केवल तामाङ्गले चलचित्रको निर्देशन गर्दैछन्। प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने चलचित्रमा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । नेपाली र हिन्दीमा छायांकन गरिने चलचित्रमा पल शाह बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्