पल शाहकी बहिनी रोशनीको हल्दी तस्विर: भोली विवाह समारोह हुदै


हिमालयन रोडिजमा पुगेर चर्चा बटुलेकी रोशनी राज्य लक्ष्मी शाह विवाहको तयारीमा रहेकी छिन् । अभिनेता पल शाहकी बहिनि रोशनीको भोलि बिहिबार विवाह हुदैछ।

पल शाहको निकै नजिक मानिएकी रोशनीको हल्दीको तस्विर सार्वजनिक भएका छन्। पहेलो कलरको ड्रेसमा हल्दिको साथमा रोशनी आकर्षक देखिएकी छिन्। अभिनेता पल शाह पनि पहेलो कलरको ड्रेसमा देखिएका छन्। पल र रोशनीको प्रेमिल तस्विरलाई फ्यानले शुभकामनाको शब्दले प्रेम दर्शाई रहेका छन्।

पल र रोशनी दाजु बहिनिसंगै निकै नजिकको साथी समेत रहेका छन्। रोशनीको विवाहमा पारिवारिक आफन्त र सिमित व्यक्तिको निम्तो रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्