A vertical shot of the black cat in the dark darkness

सरनाको ‘मन्त्र मोहनी’ मा महजोडी देखि सन्दिपको छोरीसम्म


सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘मन्त्र मोहनी’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको छ भने रिकेश गुरुङ्गले यसलाई एरेन्ज गरेका छन्। सरनाकै कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको भिडियोमा तीन पुस्ताका कलाकारलाई एउटै भिडियो प्रस्तुत गरिएको छ।

भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सरना श्रेष्ठ, पुष्प खड्काको साथमा बालकलाकर साम्राज्ञी क्षेत्रीको अभिनय रहेको छ। साम्राज्ञी कलाकार सन्दिप क्षेत्रिकी छोरी हुन्। विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई हरि हुमागाईले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्