राजपरिवारको कथामा ‘राजमहल’, रमेश आंचलदेखि सलोनसम्म


सबिन कुमार तेलाङ्गीको निर्देशनमा तयार हुने चलचित्र ‘राजमहल’ को औपचारिक घोषणा भएको छ। बिहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र र कलाकारको बारेमा जानकारी दिईएको थियो। यो चलचित्र दरबारको कथामा निर्माण हुनेछ। चलचित्रमा अभिनेत्री आंचल शर्मालाइ फरक भूमिकामा प्रस्तुत गर्न लागिएको जानकारी गराईएको छ। दुई नायक रमेश उप्रेती र सलोन बस्नेतमा उनको जोडी को भन्ने खुलाईएको छैन।

यहि चलचित्र मार्फत सिम्रन पन्त र मिस पविले डेव्यु गर्दैछन्। माघको पहिलो साताबाट अष्ट्रेलियाबाट चलचित्रको छायांकन सुरुवात गर्ने तयारीमा निर्माण टिम रहेको छ। न्युजिल्याण्डमा पनि चलचित्रको छायांकन गरिनेछ। करिव चार करोड बजेटमा निर्माण हुने चलचित्रको ७० प्रतिशत छायांकन नेपालमा हुनेछ।

चलचित्रमा मिथिला शर्मा, अर्जुन श्रेष्ठ, सरोज खनाल, रेसम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी लगायतको पनि मुख्य भूमिका रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । चलचित्रमा मुख्य निर्माताको रुपमा शोभा श्रेष्ठ र यश बहादुर गुरुङ छन् रहेका छन् भने कार्यकारी निर्माताको रुपमा ऋषि लामिछाने रहेका छन्। चलचित्रको अन्तराष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्