A vertical shot of the black cat in the dark darkness

५० दिनमा ‘महाजात्रा’ प्याकअप, चैत्रमा रिलिज तयारी


चैत्र ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महाजात्रा’ को सुटिङ्ग सम्पन्न भएको छ । ५० दिनमा चलचित्रको सम्पूर्ण सुटिङ्ग सकिएको निर्माण टिमले जानकारी दिएको छ। सफल चलचित्र ‘जात्रा’ को तेश्रो सिक्वेलको कात्तिक १५ गते शुभमुहूर्त गर्दै बुढानिलकण्ठस्थित मह स्टुडियोबाट सुटिङ्ग सुरुवात गरिएको थियो।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ,राजाराम पौडेल, रविन्द्र झा, गौमाया गुरुङ, शिशिर बाङ्देल, दिव्य देव, सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको छ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा दिपेश म्याक्स खत्री र यज्ञश्वर पौडेल निर्माताको रुपमा रहेका छन्। हरेक चलचित्र सुपरहिट दिएका निर्देशक भट्टराई यो चलचित्रलाई लिएर उत्साहित रहेका छन्।

हरिवंश आचार्य र विपिन कार्की जस्ता कलाकारलाई एकै स्क्रिनमा उतार्न पाउँदा उनि दंग छन् । काठमाण्डौमा नै पर्या खिचिएको चलचित्र दर्शकका लागी प्रतिक्षित बन्नेछ। षट्कोण आर्ट्सको आर्ट्सको प्रस्तुती रहेको चलचित्रको ओभरसिज राइट्स करिव २ करोड मुल्यमा बिक्रि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्