‘पर्खि बसे तिमीलाई’ धरानका मेयर हर्कको शुभकामना, सुन्मिमा पारुहाङ प्रतिमा निर्माणमा सहयोग घोषणा


पौष २७ गतेबाट रिलिज हुन् लागेको च्लाचिता ‘पर्खि बसे तिमीलाई’ को धरानमा नियमित प्रदर्शन हुने एक शोबाट उठेको रकम धरानमा सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ । निर्देशक दिपक श्रेष्ठले धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई भेटेर उक्त कुराको जानकारी गराएका हुन्। मेयर साम्पाङ्गले आफ्नो समाजिक संजाल बाट पनि उक्त कुराको जानकारी दिएका छन्। उनले चलचित्रलाई शुभकामना समेत दिएका छन्।

साम्पाङ्ग आफ्नो सामाजिक संजालमा लेख्छन्, ‘यही पौष २७ गते रिलिज हुँदै गरेको पर्खिबसें तिमीलाई नामको चलचित्रले सुन्मिमा पारुहाङ प्रतिमा निर्माणमा एक शो बराबरको रकम सहयोग गर्ने भएको छ ! निर्माता श्री दिपक श्रेष्ठ (धराने) लाई हार्दिक बधाई तथा शुभकामना ! सबैले फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिऔँ !’

राजाराम बुढाथोकीको निर्माणमा तयार भएको चलचित्रमा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्