वर्कसपमा ‘पुजार सार्की: आर्यन, प्रदिप र पल एकसाथ सहभागी


तीन स्टार मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’ को वर्कसप सुरुवात भएको छ। चकलेटी अभिनेताहरु एकसाथ देखिन लागेको चलचित्र छायांकन केहि सातामा सुरुवात हुदैछ। आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकैसाथ देखिन लागेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन्।

चलचित्रका मुख्य दुई नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु पनि वर्कशपमा सहभागी भएका छन्। विकास सुवेदीको कथा रहेको चलचित्र स्टारकाष्ट र निर्देशकका कारण दर्शकका लागी प्रतिक्षित बनिरहेको छ। सुभाष भुसालले निर्माण गर्ने चलचित्रमा आर्यन र प्रदिपको मुख्य भूमिका रहेको छ। यी दुईको भन्दा पलको कम स्क्रिन स्पेश भएपनि महत्वपूर्ण भूमिकामा उनी देखिदैछन्।

प्रतिक्रिया दिनुहोस्