प्रदिपको ‘प्याराडाइज’ मा ‘जवान’ अभिनेता सांगे, ‘‘ऐरी’ को सहकार्य देखी चन्द्रागिरीको यात्रा


अभिनेता प्रदिप खड्का चलचित्रसंगै रेस्टुरेन्ट व्यवसायमा पनि सक्रिय भएका छन्। २०२४ मा नेपाली देखि हिन्दि चलचित्रमा आफ्नो बलियो उपस्थिति बनाउने योजनामा प्रदिप रहेका छन्। हिन्दी चलचित्र ‘‘ऐरी’ मा उनी मुख्य भूमिकामा देखिदैछन्। यहि चलचित्रमा देखिने चर्चामा रहेका छन् शाहरुख खान स्टारर ‘जवान’ फेम्ड बलिउड अभिनेता सांगे सेल्ट्रिम। उनी प्रदिपको निम्तामा शनिबार काठमाडौं आइपुगेका छन् ।

चलचित्र ऐरी बारे छलफल, काठमाडौं घुमघाम र उनी समेत संलग्न भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्ट पनि राख्ने बारे बजार सम्भाव्यताको खोजी गर्न सांगे नेपाल आएका हुन् । उनले शनिबार साँझ प्रदीपले सञ्चालनमा ल्याएको ‘प्याराडाइज’ रेस्टुरेन्टमा पुगेर लाइभ म्युजिकमा पनि भाग लिए । यसअघि भारतमा प्रदीप र सांगेबीच भेट भएको थियो । त्यतिबेला सांगेले तस्वीर सेयर गर्दै चलचित्र ‘ऐरी’लाई शुभकामना समेत दिएका थिए ।

सांगे ‘ऐरी’मा जोडिने सम्भावना बलियो रहेको र आधिकारिक रुपमा अनुबन्धित भइसकेपछि सार्वजनिक गरिने प्रदीपले जानकारी दिएका छन् । आइतबार उनले चन्द्रागिरि डाँडा घुम्दैछन् । सैनिक सेवापछि सांगे मिस्टर भुटान बनेर भुटानी चलचित्रमा आफ्नो बलियो उपस्थिति जनाए । ‘जवान’को अभिनयले उनलाई थप चर्चा दिलाएको छ।

प्रतिक्रिया दिनुहोस्