A vertical shot of the black cat in the dark darkness

प्रेमकथामा धिरज र उपासनाको ‘खुस्मा’


पछिल्लो पुस्ताका दुई क्युट कलाकर धिरज मगर र उपासना सिंह ठकुरी पहिलोपटक संगै चलचित्रमा देखिने भएका छन्। माघे संक्रान्तिको अवसर पारेर घोषणा गरिएको चलचित्र ‘खुस्मा’ मा यो जोडीको सहकार्य हुने भएको छ।

अशोक थापा मगरको निर्देशनमा तयार हुने चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा धिरज र उपासनाको साथमा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र प्रेम कथामा आधारित रहेको छ। धिरज र उपासना दुवै चलचित्रलाई लिएर उत्साहित रहेका छन्। मिडियासंगको छोटो कुराकानीमा दुवैले एक अर्काको तारिफ गर्दै चलचित्रको लागी उत्साहित रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्