कस्तो बन्यो ‘ए मेरो हजुर ४’ को नयाँ गीत ‘सुन्तला’ ?


चलचित्र ‘ए मेरो हजुर ४’ को दोश्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘सुन्तला’ बोलको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । वसन्त सापकोटाको शब्द तथा संगीतमा रहेको गीतमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत फिचर रहेका छन् । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । पहिलो गीत ‘फुलको थुंगा’ भन्दा यो गीतको भिडियो आकर्षक बनेको छ । अनमोल र सुहानाको जोडी यो गीतमा पहिले भन्दा आकर्षक देखिएको छ । अनमोलको नृत्य र एक्सप्रेसन पनि यो भिडियोमा पहिलेको भन्दा राम्रो देखिएको छ भने सुहानालाई पनि आकर्षक देखिएको छ । कविराजको मिहेनत प्रशंसनीय देखिएको छ ।


बैशाख १ गतेबाट रिलिज हुने चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् । सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्रलाई संजय लामाले खिचेका छन् भने मित्र डी गुरुङ्गले सम्पादन गरेका छन् । झरना थापा र स्वर्गीय छेतेन गुरुङ्गले चलचित्रको कथा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्