A vertical shot of the black cat in the dark darkness

‘कालोपोथी’ निर्देशक मीन बहादुर भामको ‘शाम्बाला’ ले रच्यो नयाँ इतिहास


निर्देशक मीन बहादुर भाम सफल निर्देशकको रुपमा रहेका छन्। उनी नेपाली चलचित्रलाई अन्तराष्ट्रिय मन्चमा पुर्याउन सफल रहेका छन्। यही बिचमा उनको निर्देशनमा तयार भएको नयाँ चलचित्रले इतिहास रचेको छ। विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धातर्फ उनको चलचित्र ‘शाम्बाला’ छनोट भएको छ। उक्त फिल्म फेस्टिभलमा छनोट हुने यो पहिलो नेपाली चलचित्र बनेको छ। बर्लिन फिल्म फेस्टिभलको ७४ औं सँस्करणतर्फ ‘अन्तराष्ट्रिय फिल्म’ को विधामा यो चलचित्र छनोट भएको हो ।

हिमाली भेगकी गर्भवती महिला पेमाले व्यापारका लागि ल्हासातिर हराएका आफ्ना पतिको खोजीका क्रममा भोगेका अनुभव समेटिएको चलचित्रलाई डोल्पाको ४२ सयदेखि ६ हजार मिटरको उचाइमा खिचिएको छ । टिबेटियन र नेपाली भाषामा तयार पारिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतका कलाकारको अभिनय रहेको छ। ‘चिसो बर्ष’ नाम राखिएको चलचित्रको नाम पछि परिवर्तन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्