फागुन ४ बाट ‘जिग्री’ रिलिज हुने


फागुन ४ गतेबाट नयाँ नेपाली चलचित्र ‘जिग्री’ रिलिज हुने भएको छ। तीन पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । अभयराज बराल, आकाश मगर, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, सुशीलराज पाण्डे, नवीन लम्साल, केदार श्रेष्ठ, सुशीला लक्ष्मी महर्जन, स्नेहा रसाइली, शंकर भण्डारी, अर्जुन पौडेल, मनिष व्याञ्जु, दिवाकर घिमिरे लगायतको अभिनय चलचित्रमा रहेको छ ।

‘एउटा आलु जस्तो, एउटा तामा जस्तो’ ट्यागलाइन राखिएको चलचित्रलाई आकाश मगरले निर्देशन गरेका छन्। कुमार श्रेष्ठ निर्माता रहेको चलचित्रमा कुशुम थापा मगर कार्यकारी निर्माताको रुपमा रहेका छन्। सुस्केरा आर्ट्स र लोकल सिनेमाले सहकार्य गरेर चलचित्र निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्