A vertical shot of the black cat in the dark darkness

गोर्खाली सेनाको विरताको कथा मा ‘गोर्खा वारियर’ ट्रेलर


मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ। लन्डनमा भव्य प्रिमियर गरिएको चलचित्र नेपालमा फागुन ११ गतेबाट रिलिज हुदैछ। लण्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा सुमन राई र सुस्मिता वाइवा निर्माताको रुपमा रहेका छन्।

रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, कविता आले, शिशिर बाङ्देल, रेयर राई, सुरज तमु लगायतका कलाकारको अभिनय रहेको चलचित्रले गोर्खालीको विरताको कथा बोलेको छ। प्रशान्त वाइवा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा मा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठको छायांकन, एलिस कार्की र सुरेश राइको संगीत रहेको छ । सन् १९४९ मा मलायाको जंगलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ। बेलायति प्रधानमन्त्रिले समेत शुभकामना दिएको चलचित्रको लन्डन प्रिमियर भव्य बनेको थियो। सकारात्मक प्रतिक्रिया बटुलेको चलचित्रको टिम नेपाल प्रदर्शनलाई लिएर उत्साहित रहेको छ।

प्रतिक्रिया दिनुहोस्