दोश्रो हप्तामा ‘म यस्तो गीत गाउँछु २’ लाई दर्शकको साथ, रिलिज भयो ‘चुपचाप जिन्दगी’


फागुन १३ गतेबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ सफलताका साथ दोश्रो हप्तामा चलिरहेको छ। दोश्रो हप्तामा पनि दर्शकको उल्लेख्य साथ पाएको चलचित्रको टिम दर्शकसंग भेटघाटका लागी देशका विभिन्न स्थान पुगिरहेको छ। अभिनेता पल शाह हिरासतमा पुगेपछि अभिनेत्री पूजा शर्मा, निर्देशक सुदर्शन थापा, शोभित बस्नेत लगायतका कलाकारको टिम देशभरका दर्शकमाझ पुगिरहेको छ।
यहि बीच निर्माण टिमले चलचित्रमा समावेश नया गीत रिलिज गरेको छ। अर्जुन पोख्रेलको शब्द र संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ।

प्रतिक्रिया दिनुहोस्