पैसा चोरीको वरिपरि घुमेको ‘जिग्री’ टिजर


फागुन ४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जिग्री’ को टिजर सार्वजनिक भएको छ ।सुस्केरा आर्ट्सको प्रस्तुतिमा लोकल सिनेमाको सहकार्यमा निर्माण भएको चलचित्रले दुई केटा को कथा बोलेको छ।

पैसाको वरिपरि घुमेको टिजर कमेडी जनरामा निर्माण भएको छ। आकाश मगरको निर्देशनमा तयार भएको चलचित्रमा अभयराज बराल, आकाश मगर, सुशिलराज पाण्डे, पशुपति राई, सुप्रिया राना लगायतका कलाकारको अभिनय छ ।

कुमार श्रेष्ठको लगानी रहेको चलचित्रमा कुसुम थापा मगर कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्