आकर्षक आर्यन, प्रदिप र पलको ‘पुजार सार्की’ पोष्टर


जातीय विभेदविरुद्ध समाजका तिन पात्रहरूले गर्ने संघर्षको कथामा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ को फस्टलुक सार्वजनिक भएको छ । दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र स्टारकाष्टको कारण नै चर्चामा रहेको छ। पहिलोपटक चलचित्रमा आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह मुख्य भूमिकामा देखिदैछन्। रोमान्टिक जनरामा आफ्नो आफ्नो स्टारडम कायम गरेका यी तीनको समिश्रण चलचित्र प्रति कौतुहलता निर्माण गर्ने पहिलो हतियार हो।

रोमान्टिक जनरा हुँदै सोसियल ड्रामामा हात हालेका निर्देशक दिनेश राउत प्रति दर्शकको विश्वास अर्को बलियो हतियार हो। त्यो संगै निर्माण टिमले सार्वजनिक गरेको पोष्टरले दर्शकप्रति झन् बढी कौतुहलता प्रस्तुत गरेको छ। केहि पुरानो शैलीमा निकै आकर्षक पोष्टर रोयल भीमसेनले डिजाईन गरेका छन्। पोष्टरमा आर्यन र पलको गज्जबको हाँसो देखिएको छ भने प्रदिप ओठ टोकेर आँखा सन्काउदै गरेको अवस्थामा देख्न सकिन्छ।आइतबार कास्कीको कास्कीकोटतर्फ प्रस्थान गरेको चलचित्रको छायांकन माघ २६ गते मंगलबारबाट कास्कीकोटमा सुरु गरिँदैछ । सुभाष भुषालको निर्माणमा तयार हुने चलचित्रलाई विकास सुवेदीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्