मनाङ्गबाट धिरज र उपासनाको ‘खुस्मा’ सुटिङ्ग सुरु


धिरज मगर र उपासना सिंह ठकुरीले पहिलोपटक संगै स्क्रिन शेयर गरेको चलचित्र ‘खुस्मा’ को पहिलो चरणको सुटिङ्ग सुरुवात भएको छ। माघ १० गतेबाट मनाङ्गबाट चलचित्रको सुटिङ्ग सुरुवात भएको छ। हिउँका दृश्यहरुको आवश्यकताले चलचित्रको सुटिङ्ग मनाङ्गबाट सुरुवात गरिएको हो।

मनाङमा १० दिन दृश्य खिचेर निर्माण युनिट रुकुम जानेछ। बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताको रुपमा रहेको चलचित्रलाई अशोक थापामगरले निर्देशन गर्दैछन्। यो उनको डेव्यु चलचित्र हो। अस्तित्व भट्टचन, खड्क बहादुर पुन, अरुण मगर लगायतको अभिनय चलचित्रमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्