कास्की बाट सुरु भयो आर्यन, प्रदिप र पलको ‘पुजार सार्की’ सुटिङ्ग


दिनेश राउतको निर्देशनमा तयार हुदै रहेको चलचित्र ‘पुजार सार्की’ को सुटिङ्ग सुरुवात भएको छ। मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा मुहूर्त गर्दै चलचित्रको सुटिङ्ग सुरु गरिएको हो । आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह पहिलोपटक चलचित्रमा संगै देखिदैछन्।

तीन स्टार कलाकारको चलचित्र भएकै कारण एक प्रकारको हाईप निर्माण भैसकेको छ। अझ सार्वजनिक पोष्टरले दर्शक प्रति झन् बढी कौतुहलता थपेको छ । जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा भनिएको चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। सुवास भुषालले निर्माण गरेको चलचित्रमा परिक्षा लिम्बू र अञ्जना बराईली अभिनेत्रीको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्