रंगसंगै रंगिएको पुष्प र एलिजाको जोडी


रंगहरुको पर्व होली यो बर्ष चैत्र ३ र ४ गते परेको छ । कोरोनाको प्रभावको कारण लामो समयबाट खुलेर मनाउन नपाएका नेपाली होलीप्रेमीहरु यो बर्ष निकै उल्लासको साथमा होली मनाउने तयारीमा रहेका छन् । पहाडी भूभागमा ३ गते र तराइमा ४ गते होली मनाईदैछ । होली लक्षित गीतका भिडियो र फोटोहरु सार्वजनिक हुन सुरु भैसकेका छन् ।

अभिनेता पुष्प खड्का र अभिनेत्री तथा मोडल एलिजा गौतमको होली फोटो सार्वजनिक भएका छन् । होली लक्षित म्युजिक भिडियोमा समेत यो जोडी संगै देखिदैछ । सोहि भिडियोको सुट दौरानका तस्विरमा दुवै होलीको रंगमा निकै रोमान्टिक मुद्रामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्