दक्षिण एसियाली चलचित्र महोत्सवमा लक्ष्मणको ‘सतीदेवी’ सर्वोत्कृष्ट


दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतिदेवी’ले जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत ‘सतीदेवी’ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो । सतिदेवी´ ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि जित्न सफल भए । समारोहमा निर्देशक सुवेदीलाई स्व. निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले सो अवार्ड प्रदान गरेका थिए ।

महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी चलचित्र र चलचित्रकर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरूङले सम्मान र नागद पुरस्कार हस्तन्तरण गरिन् । महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए ।

सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारी र चलचित्रक निर्देशक समाजका निवर्तमान अध्यक्ष एवं चलिचित्र निर्देशक रक्षा सिंह राणा रहेकी थिइन ।

लामो समयबाट पत्रकारितामा रहेका सुवेदीको चलचित्र सतीदेवीमा मलिका महत मुख्य भूमिकामा रहेकी छिन्। यो चलचित्रलाई विभिन्न महोत्सवमा प्रदर्शन गरेपछि रिलिज गर्ने तयारीमा निर्देशक सुवेदी रहेका छन्। उनले चलचित्र ‘पार्वती’ को घोषणा केहि समय अगाडी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्