पैसाको चक्करमा घुमेको ‘महाजात्रा’ टिजर


जात्रा र जात्रै जात्रा पछि यस फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । अघिल्ला चलचित्र जस्तै यसको कथा पनि पैसा र यसले उत्पन्न गराउने परिस्थितिलाई समावेश गरिएको छ। एक गाडी पैसा लुकाउन चलचित्रका तीन पात्रले गरेको संघर्ष र उत्पन्न परिस्थितिको वरिपरि चलचित्रको टिजर घुमेको छ। यी तीन पात्रको भूमिकामा विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा चित्रित रहेका छन्।

हरिवंश आचार्य नेताको शैलीमा देखिएका छन्। राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे आदिको अभिनय चलचित्रमा रहेको छ।


प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा रहेका छन्। चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्मातामा छन् ।
आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्