रावायणमा पूजा, पल र सुदर्शनको सहकार्य पक्का


निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले दुई हिट प्रोजेक्टमा सहकार्य गरे। म यस्तो गीत गाउँछु’ र म यस्तो गीत गाउँछु २ मा सहकार्य गरेका यी तीन पछिल्लो समय तीन ध्रुव भएर काम गरिरहेका थिए। पल शाहको जेल जीवन पश्चात तिनै जनाको सम्बन्ध सुमधुर हुन सकेको थिएन। पूजा र सुदर्शनले अनमोल केसीलाई लिएर चलचित्र ‘रावायण’ बनाउने घोषणा गरे। चलचित्रबाट पुजा बाहिरिईन्। सुदर्शनले अर्की अभिनेत्री राखेर चलचित्र बनाउने घोषणा गरे। तर अनमोल चलचित्रबाट बाहिरिए। यहि चलचित्रको कारण अनमोल केसी दिन प्रहरीको कब्जामा परे।

अनेक उतारचढाव भोगेको यो चलचित्र अन्तत: निर्माण हुने भएको छ। चलचित्रमा सुदर्शन पल र पूजाको टीमअप हुने भएको छ। बिग्रिएको सम्बन्ध केहि समय अगाडी नै सुध्रिएको खबर थियो। पूजाले पलको जन्मदिनमा मनछुने पोष्ट गरेकी छिन् । यसबाट नै दुवैको सम्बन्ध सुमधुर भएको प्रस्ट हुन्छ । अब तीन जनाको टीमअपले नेपाली चलचित्र दर्शकका लागी भने सुन्दर चलचित्र निर्माण हुने पक्का छन्।
पल यतिबेला ‘पूजार सार्की’ को सुटिङ्गमा व्यस्त रहेका छन् भने पूजाले दान्भीको सुटिङ्ग सम्पन्न गरेकी छन् । पूजा मुख्य भूमिकामा रहेको चलचित्र ‘उपहार’ फागुन २५ मा रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्