A vertical shot of the black cat in the dark darkness

यस्तो छ खगेन्द्र लामिछानेको ‘मेयर लुक्स


दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘मेयर’ को मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहेका छन्। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको जीवनीमा आधारित रहेको चलचित्रको छायांकनको सुरुवात गरिएको छ। काठमाडौंबाट छायांकन सुरुवात गरेको चलचित्रको टिम केहि समयपछि सर्लाही पुग्नेछ। चलचित्रको सेटबाट खगेन्द्रको लुक्स सार्वजनिक भएको छ। चिटिक्क परेको लुक्स मा खगेन्द्र देखिएका छन्।

बागमती नगरपालीकालाई सुन्दर र सफल बनाएका मेयर थापाको राजनैतिक करियार मिश्रित रहेको छ। विवादित छवी बनाएका थापाको वायोपिक कस्तो बन्ने हो त्यो भने हेर्न बाँकी रहेको छ। निर्माण टिमले घोषणा समारोहमा उनको सवै पक्ष देखाउने बताएको थियो।

चलचित्रमा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्य देव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश वुढाथोकी, अर्विशा थापा, संजोग रसाइली, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डे र श्रृष्टिमाँ खनालको लगानी रहेन चलचित्रमा निर्देशक खनाल कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्