‘उपहार’ लाई सबै दर्शकले हेर्न पाउने


ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’ लाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । चलचित्रका प्रचार सामाग्री दर्शकले रुचाएका छन्। स्टारकाष्टको कारण पनि चलचित्रको इनिशियल व्यापार राम्रो हुने अपेक्षा गरिएको छ । लगातारको बिदाको फाइदा चलचित्र उठाउन सक्ने आंकलन गरिएको छ। सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्