हास्यरसले भरिएको ‘महाजात्रा’ ट्रेलर, हरिवंशको भिलेन अवतार


बर्षको बहुपतिक्षित मानिएको चलचित्र ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक भएको छ। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको हास्यरसले भरपुर ट्रेलर आकर्षक बनेको छ। ट्रेलरमा मुख्य अभिनेता विपिन कार्कीले बोलेका संवाद निकै गहकिला रहेका छन्। ट्रेलरले दर्शकलिई हलसम्म तान्नको लागे सहयोग गर्ने पक्का रहेको छ।

भिलेन पात्रमा देखिएका हरिवंश आचार्यको लुक्स नयाँ र रोचक देखिएको छ। पैसा लुकाउने जिम्मेवारी पाएका विपिन र दुई रविन्द्रको दैनिकीमा आउने प्रभाव निकै रोचक ढंगले प्रस्तुत गरिएको छ। श्रीमती बर्षा राउत यो पटक अलिक कडा देखिएकी छिन्।


षटकोण आर्ट्सको प्रस्तुतीमा निर्माण भएको चलचित्रको निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञशोर पौडेल रहेका छन् । रविन्द्र सिंह बानियाँ चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा शिशिर वाङ्ग्देल, अर्विन खड्का, गौमाया गुरुङ्ग, दिव्यदेव, राजाराम पौडेल , रजनी गुरुङ्ग, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र चैत्र ९ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्