A vertical shot of the black cat in the dark darkness

लगातार चलचित्र गर्दै ऋचा, तर किन राख्दैछिन् खबर गोप्य ?


अभिनेत्री ऋचा शर्मा पछिल्लो समय लगातार चलचित्रमा अभिनय गरिरहेकी छिन्। बिशेष भूमिकालाई प्राथमिकतामा राखेर चलचित्र गरिरहेकी ऋचाका चलचित्र अभिनयका खबर तथा तस्विर भने सार्वजनिक भएका छैनन्। उनले नयाँ बर्षमा रिलिज हुने चलचित्र ‘डिग्री माइला’ मा अभिनय गरेकी छिन्। यो चलचित्रमा दयाहाङ राई र आंचल शर्मा मुख्य भूमिकामा रहेका छन्।

ऋचा यतिबेला सर्लाहीमा रहेकी छिन्। दिपेन्द्र के खानलको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘मेयर’ सेटबाट उनको तस्विर बाहिरिएको छ । यो चलचित्रमा उनको भूमिकाको बारेमा स्पष्ट खुलाईएको छैन। यो चलचित्रमा खगेन्द्र लामिछाने र बर्षा राउत मुख्य भूमिकामा रहेको छ।

यो संगै ऋचाले अन्य दुई चलचित्रमा अभिनय गर्ने पक्का भएको बुझिएको छ। बलिदान र एक मुठी बादलमा ऋचा रहने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्