शनिबार हाउसफुल बन्यो ‘उपहार’, पूजा शर्मा दर्शक भेट्न हलहलमा


ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’ ले शुक्रबार र शनिबार दर्शकको उच्च साथ पाएको छ। शनिबार देशभरका अधिकांश हलमा चलचित्रले हाउसफुल व्यापार गरेको जानकारी निर्माण टिमले दिएको छ। राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभी, बिएसआर लोत्से मल लगायतका हल ‘हाउसफूल’ भएका छन् ।

शनिबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेता मुकुन भुषाल लगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त रहे। कलाकारको उपस्थितिले दर्शकमा उत्साह झन् थपेको थियो। हाँसो र इमोसन मिसिएको चलचित्रलाई दर्शक प्रतिक्रिया पनि उत्साहजनक मिलेको छ। चलचित्रका निर्देशक देउजाका अनुसार देशभरका हलमा दर्शकको अकुपेन्सी राम्रो छ ।

रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त लगायतको अभिनय छ। बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

प्रतिक्रिया दिनुहोस्