‘प्रेग्नेन्सी फोटोसुट’ मा रमाएको ‘सलोमा’ जोडी


अभिनेता सलोन बस्नेत र करिश्मा केसीको जोडी सामाजिक संजालमा प्रिय रहेको छ। दुवैको हरेक गतिबिधिलाई दर्शक र शुभचिन्तकले नजिक बाट नियाल्ने गरेका छन्। यहि जोडी चाडै पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेका छन्।

मङ्सिर १२ गते वैवाहिक जीवनमा बाँधिएको यो जोडी बैशाख तेश्रो साथमा पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरेको छ। पहिलो विवाह वर्षगाँठको दिनमा सलोन र करिश्माले आफूहरु अभिभावक बन्न लागेको जानकारी गराएका थिए ।


सलोमा नामले परिचित यो जोडीले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । बुधबार समाजिक संजालमा पोष्ट गरिएका तस्विरहरुमा दुवै रोमान्टिक देखिएका छन्। सलोन नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेता रहेका छन् भने करिश्मा एयर होस्टेस हुन्। करिश्माले सलोनसंग म्युजिक भिडियोमा समेत काम गरेकी छिन्।

पछिल्लो समय करिश्मा आफ्नो प्रेग्नेन्सी समयमा पनि काममा सक्रिय रहेकी छिन् । उनी एक युट्युव कार्यक्रम संचालन गर्ने गरेकी छिन् भने ब्रान्डसंगको काममा पनि उनि जोडिएकी छिन्। सलोन ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा रहेका छन् । पहिलो सन्तानको जन्मपछि मात्र काममा सक्रिय हुने योजनमा सलोन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्