A vertical shot of the black cat in the dark darkness

भदौ २१ मा पूजा र पलको ‘रामायण’ रिलिज पक्का


फागु पुर्णिमा अर्थात् रङहरुको पर्व होली। नेपालको पहाडी क्षेत्रमा आज धुमधामका साथ होली मनाइदैछ। यहि होलीको अवसर पारेर चलचित्र ‘रावायण’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। चाडै नै सुटिङ्गमा जाने चलचित्रले २०८१ को भदौ २१ गतेलाई रिलिज मिति तय गरेको छ।

सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा रहेका छन्। अनेक उतारचढाव भोगेको चलचित्रमा अन्तत: पूजा र पलको जोडी दर्शकले देख्न पाउने पक्का भएको थियो। यहि जोडीका कारण पनि दर्शक चलचित्रलाई लिएर उत्साहित रहेका छन्।
भदौ २१ गते हिन्दू नेपालीहरुको महान पर्व तीज परेको छ। यहि तीजको अवसर पारेर निर्माण टिमले चलचित्रको रिलिज मिति तय गरेको हो । पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाहि, शर्मिला मल्ल, प्रदिप ढकाल संगै थुप्रै चिर परिचीत कलाकार हरुको अभिनय रहने चलचित्रको चैत्र महिनाको तेस्रो हप्ताबाट छायांकन शुरू हुदैछ। शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, बिक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफ़ी, श्री श्रेष्ठको एक्शन रहने चलचित्रको संगितको सम्पूर्ण काम मुम्बईमा गरीएको हो।

प्रतिक्रिया दिनुहोस्