‘मेयर’ को एउटा सिनका लागि ११ हजार स्थानीय, भीडमा बर्षा स्टेजमा खगेन्द्र


दिपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको चलचित्र ‘मेयर’ को यतिबेला सर्लाहीमा छायांकन भैरहेको छ। छायांकनको क्रममा निर्देशक खनालले एक तस्विर सामाजिक संजालमा शेयर गरेका छन्। उक्त तस्विरमा ११ हजार स्थानिय छायांकनमा सहभागी भएका थिए । नेपाली चलचित्रको इतिहासमा नै एक सिङको छायांकनका लागी यति धेरै मान्छे उपस्थित भएको सायदै पहिलो पटक हो। शनिबार साँझ निर्देशक खनालले एक तस्विर पोष्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन्।

खनाल लेख्छन्,‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा मेयरको छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु। ‘

निर्देशक खनालका अनुसार सर्लाहीमा भइरहेको चलचित्र ‘मेयर’को छायांकनको एउटा सिनका लागि ११ हजार स्थानीय उपस्थित भए । र त्यही क्राउडको बीचमा उनीहरूले सिनेका लागि सट लिए ।

करिब एक महिनादेखि सर्लाहीको बागमती नगरपालिकामा चलचित्रको छायांकन भैरहेको छ। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन्। यसका लागि उनले चलचित्र छायांकन भन्दा अगाडि बागमती नगरपालिकामा नै केही समय बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए । खगेन्द्रको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गरिरहेकी छन् ।


चलचित्रमा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।
यो चलचित्रबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।

प्रतिक्रिया दिनुहोस्