A vertical shot of the black cat in the dark darkness

दोश्रो सातामा ‘महाजात्रा’, पहिलो हप्ताको कमाई ६ करोड माथी


प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘महाजात्रा’ को व्यापार उच्च रहेको छ। सुपरहिटको यात्रा तय गरिसकेको चलचित्रले पहिलो साता ६ करोड माथीको कलेक्सन गरेको आंकडा सार्वजनिक भएको छ। पहिलो साताको यो कमाई नेपाली चलचित्रले धेरै पछाडी अनुभूति गर्न पाएको हो। हाउसफुल व्यापार संगै वलियो वर्ड अफ माउथ लिएर प्रदर्शन भैरहेको चलचित्रको दोश्रो साता पनि व्यापार उच्च हुने आंकलन गरिएको छ। यो बर्षको सर्वाधिक कमाई गर्ने चलचित्र जारी हो।

१७ करोड बराबरको ग्रस कलेक्सन गरेको चलचित्रको कमाइको नजिक कुनै चलचित्र पुगेका छैनन्। पशुपति प्रसाद २: भष्मे डन र दिमाग खराब दुवैको व्यापारिक आँकडा १० करोड मुनि छ। महाजात्राको कमाइको रेस कता पुग्ने हो त्यो भने यो हप्ताले निर्क्योल गर्नेछ। जुन प्रकारको दर्शकको उपस्थिती र प्रतिक्रिया रहेको छ यो चलचित्र लामो रेसको बन्ने पक्का छ । चैत्र ३० गते भन्दा अगाडी यो चलचित्रले हलमा आकर्षक शो सहित प्रदर्शन हुने आँकलन गरिएको छ ।

देश सहित विदेशमा पनि यो चलचित्र सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, , दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्