पोष्टर सार्वजनिक गर्दै ‘इश्वर’ रिलिज मिति तय


राजु गिरिको निर्देशनमा तयार भएको चलचित्र ‘इश्वर’ ले प्रदर्शन मिति तय गरेको छ। पोष्टर सार्वजनिक गर्दै २०८१ मङ्सिर १४ लाई चलचित्रको रिलिज मिति तय गरिएको छ। ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको चलचित्र लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको छ।

सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा फिचर्ड पोष्टरले कलाकारको भिन्न मनोदसा प्रस्तुत गरेको छ। दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेका छन्। चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्