अनमोलको जन्मदिनमा ‘फर्की फर्की’ पोष्टर, जेठमा रिलिज तय


अभिनेता अनमोल केसीको आज जन्मदिन। करियरमा धेरै उतारचढाव देखेका अनमोलको जन्मदिनको अवसर पारेर चलचित्र ‘फर्की फर्की’ को फस्ट लुक सार्वजनिक गरिएको छ। उनले चलचित्र यात्रामा यो आफ्नो दोश्रो इनिङ्गको नयाँ सुरुवात बताउदै आएका छन्।

जेठ १० गतेबाट रिलिज हुने चलचित्रको पोष्टरमा उनलाई मात्र स्थान दिईएको छ। लभ स्टोरी जनराको चलचित्रको पोस्टर अनमोलका सधै सार्वजनिक हुने पोष्टर भन्दा केहि भिन्न बनाउने कोसिस निर्माण टिमको रहेको छ। सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा अनमोलको जोडीको रुपमा जसिता गुरुङ्ग रहेकी छिन् । अनमोल र जसिताको यो पहिलो सहकार्य हो। ओएसआर डिजिटलका ओम प्रकाश अग्रवालसंग मिलेर रोहित अधिकारीले निर्माण गरेको चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह- निर्माताको रुपमा रहेका छन् । चलचित्रमा रवि न्यौपाने, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्