A vertical shot of the black cat in the dark darkness

बसन्त निरौलाको ‘ज्वाइँ साब’ बन्दै जितु नेपाल


सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरेर निर्माण हुन् लागेको चलचित्र ‘ज्वाइँ साब’ मा जितु नेपाल अनुबन्धित भएका छन्। चलचित्रको केन्द्रिय भूमिकाका लागी जितु र निर्माण टिम बीच कागजी सम्झौता भएको छ। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्रलाई बसन्त निरौलाले निर्देशन गर्दैछन्। कमेडीमा आफुलाई अब्बल सावित गरेका जितु ‘छक्का पन्जा’ टीमसंग छुट्टीएपछि बाहिरी चलचित्रमा आफुलाई व्यस्त राखिरहेका छन्।

‘ह्यारी की प्यारी’ व्यवसायिक रुपमा सफल हुन् सकेको थिएन। उनि चलचित्र ‘कर्साङ्ग’ मा पनि अनुबन्धित भैसकेका छन्। सफलताको लगातार स्वाद चाखिरहेका जितुको लागी चलचित्रमा लिड क्यारेक्टरमा आफुलाई प्रमाणित गर्न जरुरी रहेको छ । सोहि कारण पनि यो चलचित्र उनका लागी महत्वपूर्ण रहेको छ। राजकुमार पण्डितको निर्माण रहने चलचित्रमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता बिजय बस्याल हुन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहने चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज गरिनेछ । चलचित्रको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्