निर्देशकको आक्रोशमा प्रियंका र दिपिकाको फरक मत, दिए यस्तो प्रतिक्रिया


चलचित्र ‘हेल्लो जिन्दगी’ रिलिजको तयारीमा रहेको छ । प्रियंका कार्की, दिपिका प्रसाई लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रमा समावेश एक गीतको रिलिज कार्यक्रम राजधानीमा आयोजना गरियो । गीत रिलिज कार्यक्रममा चलचित्रका मुख्य कलाकारको अनुपस्थिति रहेको थियो । मुख्य कलाकारको अनुपस्थिति पछी चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहोरा कार्यक्रममा आक्रोशित भए । उनले आफुले संपूर्ण कलाकारलाइ उनीहरुले मागेको सेवा सुविधा उपलब्ध गराउदा पनि रिलिजको बेलामा साथ नपाएको भन्दै चित्त दुखाउदै आक्रोश समेत पोखे । उनले पैसा लिदै बहाना नै बनाएर कार्यक्रममा उपस्थित नभएको बताए । प्रियंका कार्की पटक पटक सम्पर्क गर्दा उपस्थित नभएको र यस्तै कलाकारले गर्दा नेपाली सिनेमाले दुर्गतिको बाटो देखेको सम्म भन्न भ्याए ।

यस बिषयमा हामीले अभिनेत्री प्रियंका कार्कीसंग सम्पर्क गरेका छौ ।
उनले हामी संगको कुराकानीमा यी सवै झुठो भएको र आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको प्रतिक्रिया दिएकी छिन् ।
उनि भन्छिन्, हामीलाई दिएको स्क्रिप्ट र गरिएको वाचा अनुसारको चलचित्रको सम्पूर्ण छायाकन समेत सकिएको छैन । नेपालको भाग सकेर बेलायतमा समेत चलचित्रको सुटिङ्ग हुने भनेर हामीलाई सम्झौता गरिएको थियो । तर बेलायतको भाग त छायाकन भएन न नै बताईए अनुसारको मेरो भागमा रहेका गितको समेत सुटिङ्ग गरिएको छैन ।’

उनि अगाडी भन्छिन्,’ एग्रिमेन्ट अनुसारको आधा भन्दा बढी पारिश्रमिक मैले पाउन बाँकि छ । निर्माण टिमसंग पटकपटक कुरा गर्दा पनि उहाहरुले मेरो पारिश्रमिक पूरा दिनु भएको छैन । उहाहरुसंग गरेको कुराकानीको प्रमाण म संग सुरक्षित छ । मलाई गरिएको एग्रिमेन्ट अनुसारको गीतको समेत सुटिङ्ग भएको छैन । बाँकि रह्यो गीत सार्वजनिक कार्यक्रमको कुरा यो बारेमा मलाई एकपटक पनि जानकारी गराइएको छैन । यस्ता भ्रामक कुरा गर्दै हाम्रो बारेमा नकारात्मक टिप्पणी गर्ने अधिकार उहाँसंग छैन ।’

यहि बिषयमा हामीले अभिनेत्री दिपिका प्रसाईसंग पनि कुरा गरेका छौ। उनले हामीसंगको कुराकानीमा लिएको महँगो परिश्रमीकको बारेमा कुरा गरेकी छिन्। उनि भन्छिन्,’मैले मेरो कामको पारिश्रमिक लिएकी हु। उहाहरुसंग सुरुवातमा नै यो बिषयमा कुरा प्रष्ट राखेको र उहाहरु नै तयार भएर मलाई पारिश्रमिक दिनु भएको हो। अहिलेको अवस्थामा कति पारिश्रमिक दिए भनेर बहस गर्नु आफैमा हास्यास्पद कुरा हो। मैले आफ्नो पारिश्रमिक लिन कति दुख गर्नु पर्यो त्यो बयान गरेर सकिने अवस्था छैन। निर्देशक सुर्य जीसंग मेरो धेरै गुनासो छैन। तर चलचित्रको कलाकार र निर्माताले म एउटा कलाकारमाथी जस्तो व्यबहार गर्नु भयो त्यो चित्त बुझाउने सम्भव नै छैन । मैले निर्देसकसंग पनि पटकपटक यो बिषयमा कुरा गरेकी थिए । तर पत्रकार सम्मेलनमा उहाले जुन अभिव्यक्ति दिनु भयो त्यो सुनेर म आफै अच्चमित छु।

उनि अगाडी थप्छिन्, ‘कुन कलाकार लाई आफुले काम गरेको चलचित्रको माया नहोला। प्रमोसनमा नहिड्ने मन होला। तर निर्माण टिमले हामी प्रति गर्ने व्यवहार पनि महत्वपूर्ण होलानी। मलाई प्रेसमिटको जानकारी थियो । तर अस्कमात गरिएको जानकारीमा हामीले पनि समय मिलाउन गार्हो हुन्छ । उहाहरुले सधै आफ्नो समस्या मात्र राख्ने अनि कलाकारको समय र समस्या नबुझ्ने भन्ने पनि हुन्न होला नी?’

प्रतिक्रिया दिनुहोस्