A vertical shot of the black cat in the dark darkness

‘बलिदान’ मा ऋचा शर्मा


चलचित्र ‘बलिदान’ मा अभिनेत्री ऋचा शर्माको प्रवेश भएको छ। सन्तोष शेनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रका लागी सन्तोष र ऋचा बीच कागजी सम्झौता भैसकेको छ। ऋचाको भूमिकाबारे स्पष्ट पारिएको छैन। चलचित्रको मुख्य अभिनेताको रुपमा समिर भट्ट रहेका छन्। एक्सन स्टार विराज भट्टका छोराको यो डेव्यु चलचित्र हो। चलचित्रमा भिलेनको रुपमा सौगात मल्ल र अर्पण थापा देखिदैछन्। अभिनेत्रीको रुपमा नीति शाहको चर्चा भए पनि कन्फर्म खबर बाहिरिएको छैन।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा बन्न लागेको चलचित्र दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट रिलिज हुँदैछ। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथा बोकेको चलचित्रले द्वन्द्वकालीन समयको कथा उठाउँदैछ । तराईको एक ठाउँमा सेट खडा गरेर बैशाख अन्तिम साताबाट चलचित्रको सुटिङ्ग सुरुवात हुनेछ।

प्रतिक्रिया दिनुहोस्