A vertical shot of the black cat in the dark darkness

१० करोड माथीको कमाई गर्दै ‘महाजात्रा’ ब्लकबस्टर,’ जारी’ को रेकर्ड तोडिएला?


चैत्र ९ गतेबाट रिलिज भएको चलचित्र ‘महाजात्रा’ को कलेक्सन १० करोड माथी पुगेको छ। यो बर्ष सर्वाधिक कमाई गर्ने यो दोश्रो चलचित्र बनेको छ। यो संगै चलचित्र ब्लकबष्टर बनेको घोषणा निर्माण टिमले गरेको छ। जारी पछि सर्वाधिक कमाई गर्दै चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ। अहिले पनि चलचित्र हेर्न दर्शकको उच्च चाप रहेको छ। अर्को सातासम्म चलचित्रले उल्लेख्य शोज र दर्शकको साथ पाउने पक्का रहेको छ। चैत्र ३० गतेबाट ‘डिग्री माइला’ रिलिज भएपछि चलचित्रको व्यापार केहि घट्नेछ ।

पहिलो साता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको चलचित्रले पछिल्लो साता ३ करोड ९० लाख ग्रस कलेक्सन गरेको हो । प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह वानियाँ, रविन्द्र झा, बर्षा राउत, सुमन कार्की, दिव्यदेव , गौमाया गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । परिवार सहित दर्शक मध्यरात सम्म चलचित्र हेर्न पुगिरहेका छन् । स्वदेश संगै विदेशमा पनि चलचित्रले व्यापार उच्च गरिरहेको छ । अब चलचित्रले यो बर्षको सर्वाधिक कमाई गरेको चलचित्र ‘जारी’ को रेकर्ड ब्रेक गर्छ या गर्दैन त्यो चासोको बिषय रहनेछ।

प्रतिक्रिया दिनुहोस्