‘ज्वाइँ साब’ मा जितु नेपालको जोडी नीति शाह


अभिनेत्री नीति शाह यतिबेला एकपछि अर्को चलचित्रमा अनुबन्धित भैरहेकी छिन् । डेव्यु चलचित्र ‘खजुरे ब्रो’ को रिलिजको पर्खाईमा रहेकी नीतिलाई आफ्नो चलचित्रमा अनुबन्ध गर्न चलचित्र मेकर यतिबेला लालायित देखिएका छन्। नीति यतिबेला चलचित्र ‘ज्वाइँ साब’ मा अनुबन्धित भएकी छिन्। यो चलचित्रमा उनको जोडी अभिनेता जितु नेपालसंग बाधिनेछ।

वसन्त निरौलाको निर्देशनमा तयार हुने चलचित्र रोचक हुने देखिएको छ। कमेडी कथामा चलचित्र बन्ने बताईएको छ। राज कुमार पण्डितको निर्माण रहने चलचित्र मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा रहेका छन् । चलचित्रमा विजय बस्याल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन रहेन चलचित्रको आगामी बैशाख १५ गतेबाट छायांकन सुरु हुनेछ। आउँदो वर्षको तिहारमा चलचित्रलाई रिलिज गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्