‘रावायण’ को लागी एक्सन सिक्दै पल शाह


अभिनेता पल शाह आफ्नो चलचित्रको करियरलाई नयाँ आयाम दिने कोसिसमा रहेका छन्। १ बर्षको हिसरासत बसाइ पछि उनको पहिलो रिलिज चलचित्र ‘पूजार सार्की’ जेठ १० गतेबाट रिलिज हुँदैछ।

यो पछि उनी चलचित्र ‘रावायण’ को तयारीमा रहेका छन् । सुदर्शन थापाको निर्देशनमा तयार हुने यो चलचित्रमा उनको जोडी पूजा शर्मासंग बाँधिएको छ। पल, पूजा र सुदर्शनको यो समूहले सफल चलचित्र दिएका छन् । यहि चलचित्रको लागी पलले एक्सन सिकिरहेका छन्। विगत २० दिन देखि चलचित्रको एक्सनको बन्द प्रशिक्षण लिइरहेका छन् । उनलाई द्वन्द्व निर्देशक श्री श्रेष्ठले एक्सनको तालिम गराइरहेका छन् ।

चलचित्रमा पल शाहको दोहोरो भूमिकामा देखिदैछन् । चलचित्रमा पल र पूजाका साथै प्रियंका कार्की, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ
बैशाख दोश्रो साताबाट सुटिङ्गमा जाने चलचित्र भदौ २१ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्