A vertical shot of the black cat in the dark darkness

कस्तो छ आर्यन, प्रदिप र पल स्टारर ‘पुजार सार्की’ टिजर ?


दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पुजार सार्की’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार नयाँ बर्षको अवसर पारेर युट्युव मार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टीजरमा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह र अभिनेत्रीहरु अञ्जना बराइली र परीक्षा लिम्बूको चरित्र चित्रण गरिएको छ । जनयुद्धभन्दा अगाडिको परिवेश प्रस्तुत गरिएको चलचित्रको टिजरमा प्रदिप खड्का दमाहा बजाउदै प्रस्तुत भएका छन् ।

डोली चढेका आर्यन पुजारीको रुपमा देखिएका छन् भने पल क्रान्तिकारी भूमिकामा प्रस्तुत भएका छन्। समाजमा रहेको कथित उपल्लो र तल्लो जातिको कथा टिजरमा चित्रण गरिएको छ। विकास सुवेदीको लेखन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतकोअभिनय छ । संगीतकार सुवास भुसालले चलचित्रको निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्