२२ दिनमा सकियो आँचलको ‘एक मुठ्ठी बादल’को छायांकन


साहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्र ‘एक मुठ्ठी बादल’ को छायांकन सकिएको छ । पोखराको लामा चौरमा २२ दिन लगाएर चलचित्रको छायांकन सम्पन्न भएको हो । गौंथली इन्टरटेन्मेन्ट, मन प्रोडक्शन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको चलचित्रको अधिकांश प्रोडक्सन टीम महिला रहेको छ ।

अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमिल्सिनाको संयुक्त निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् । आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाँई, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, अविरल प्रताप अधिकारी लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्