A vertical shot of the black cat in the dark darkness

ऋचा शर्माको ‘सारंग’ सुटिङ्ग सुरु


अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘सारंग’ को सुटिङ्ग सुरुवात भएको छ। चलचित्रको आइतबारबाट सुटिङ्ग सुरुवात भएको हो। प्रशान्त तामाङ्गको निर्देशनमा तयार भएको चलचित्रको सुटिङ्ग काठमाडौं आसपासमै हुनेछ ।

बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको कथा भन्ने चलचित्रको सुटिङ्ग १ महिनामा संक्ने योजना निर्माण टिमको रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा चलचित्र निर्माण हुँदैछ। चलचित्रमा उत्पल झा, समिरमणि दीक्षित, सुरज तमु, मणी के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसीका साथमा बाल–कलाकारहरु सम्राट थापा र आदित्य कार्कीको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्