पल शाहलाई थुनामा पठाउन अदालतको आदेश, कृष्णलाई १ लाख धरौटी


नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश जिल्ला अदातल तनहुले दिएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालशले थुनछेक बहसपछी बिहिबार शाहालाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिएको हो। शाहलाई जिल्ला सरकारी वकिलको कार्यलयले १४ बर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। प्रतिवादी पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना कानुन व्यवसायीले बहस गरेका थिए। प्रतिवादी कृष्ण जोशीसंग १ लाख धरौटी माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्