चलचित्र कल्याणकारी कोषबाट क्यान्सर पीडित चलचित्रकर्मीलाई सहयोग


चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कल्याणकारी कोषबाट चलचित्रकर्मीलाई सहयोग उपलब्ध गराएको छ। क्यान्सर पीडित तथा दुर्घटनामा परी घाइते भएका चलचित्रकर्मीलाई उपचार खर्च उपलब्ध गराएको छ। बसुन्धरा भुषालको नेतृत्वमा रहेको कल्याणकारी कोषले लगातार आवश्यक कलाकारलाई सहयोग गरिरहेको छ। यहि कोषमा रहेर निर्देशक तथा कलाकार दिपाश्री निरौला पनि निरन्तर सहयोग अभियानमा जुटीरहेकी छिन्। तीन जना चलचित्रकर्मीलाई कल्याणकारी कोषबाट सहयोग प्रदान गरिएको छ।


चलचित्रकर्मी कल्याणकोष उपचार खर्च उपलब्ध गराएका चलचित्रकर्मीहरूः
१. सुमन सागर जङ्ग के.सी. (क्यान्सर पिडित कलाकार) – सहयोग रकम रू. १,००,०००।-
२. श्री बाबु लामा (क्यान्सर पिडित कलाकार) – सहयोग रकम रू. १,००,०००।-
३. श्री कोपिला थापा ( भारतमा दुर्घटनामा पर्नु भएकी कलाकार) – सहयोग रकम रू. २,००,०००।-

त्यस्तै यो कोषमा केहि सहयोगी मनहरुले रकम सहयोग समेत गरेको छ । सहयोगी मनहरुले सहयोग गरेको रकम जम्मा गरेर नै आवश्यक चलचित्रकर्मीलाई सहयोग प्रदान गरिदै आएको छ ।

चलचित्रकर्मी कल्याणकोषमा सहयोग गर्ने व्यक्तित्वहरूः

१. श्री निरन्जनमान सिंह रेग्मी, समाजसेवी (अमेरिका) रू ६६,५५७।-
२. श्री ऐश्वर्य शर्मा, समाजसेवी (अमेरिका) रू. ६६,५५७।-
३. श्री आकाश अधिकारी, चलचित्र निर्देशक रू. १५,०००।-

प्रतिक्रिया दिनुहोस्